नियम १२क
दर्ताको प्रमाणपत्र निलम्ब्नन
देहायको कार्य गरेको पाइएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारी साधनको दर्ताको प्रमाणपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सार्वजनिक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,
(ग) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई सवारी चलाएमा,
(घ) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातायात सञ्चालन गरेमा,
(ङ) पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(च) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा ।